(१) सैनिक प्रहरीमा कार्यरत महिला सैनिक प्रहरीलाई अधिकृतमा पदोन्नतिको लागि सिफारिस गर्न देहाय बमोजिमको प्रवर
समिति गठन हुनेछः–
(क) कार्यरथी वा निजले खटाएको अधिकृत – अध्यक्ष
(ख) सैनिक सचिव वा निजको अनुपस्थितिमा निजले तोकेको अधिकृत – सदस्य
(ग) केन्द्रीय सैनिक प्रहरीका पति – सदस्य
(घ) केन्द्रीय सैनिक प्रहरीका अधिकृत प्रतिनिधि – सदस्य
(ङ) कार्यरथी विभाग (भर्ना छनौट) का मुख्य अधिकृत वा
निजले तोकेको अधिकृत –सदस्य–सचिव
(२) उपनियम (१) बमोजिमको प्रवर समितिले निम्न योग्यता पुगेका सैनिक प्रहरीमा कार्यरत पदिक महिला सैनिक प्रहरीलाई पदोन्नतिको लागि छनौट गरी पदिक अधिकृत आधार तालिममा सरिक गराई उत्तीर्ण भएपछि नियम ४ग. बमोजिम आयुक्त पदको लागि सिफारिस गर्नेछः–
(क) पदिक दर्जामा पाँच वर्ष सेवा गरी आवश्यक तालिम पूरा गरेको, वा
(ख) प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरी पदिक दर्जामा दुई वर्ष सेवा गरेको ।